
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शुक्रबार सुरु हुने संसदको हिउँदे अधिवेशनमा अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले ल्याएको अध्यादेश आवश्यक नरहेको र सरकारले छिटो भन्दा छिटो जनतालाई डेलिभरी दिने भनेर ल्याएको विधेयकको विधि र प्रक्रिया नमिलेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो । उहाँले सरकारले ल्याएको ६ वटा अध्यादेश प्रक्रियागत हिसावमा नै बैठिक रहेको बताउनुभयो ।
मूल्यवृद्धि बढेको र सरकार बन्दा भनेका कुराहरु लागू गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष छ ।
माओवादी केन्द्रले जनजीविकाका कुराहरु उठाएर सशक्त रुपमा सदनमा प्रश्तुत हुने निर्णय भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्