
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सोनाम ल्होसार तामाङ जातीको मात्र नभई राष्ट्रिय पर्व भएको बताउनुभएको छ ।
ल्होसार तथा तामाङ समुदायको नयाँ वर्षको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री लामाले ल्होसार पर्व बिस्तारै अन्तर्राष्ट्रिय रुपमा समेत फैलिँदै गएको बताउनुभयो । उहाँले ल्होसार एउटा पर्व र मनोरञ्जनको उत्सव मात्र नभई तामाङ जातीको संस्कृतिको संस्कृति र आन्दोलनको प्रतिविम्व भएको समेत बताउनुभयो । ल्होसार पर्वले तामाङ सभ्यता र सांस्कृतिक पहिचान तथा अस्तित्व समेत बोकेको उहाँको भनाइ छ । उहाँले मौलिक एवं परम्परागत चाडपर्वहरुको संरक्षण गर्न जरुरी रहेको समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ सरकार मुलुकलाई उज्यालो अभियानमा लागिरहेको बताउनुभयो । उहाँले लगानीको अभावका कारण बत्ती बाल्न नपाएका घरधुरीहरुमा २० दिनभित्र बिजुली पु¥याइदिने दाबी गर्नुभयो । उहाँले पाँच/१० लाख रुपैयाँको अभावले विद्युतको पहुँचभन्दा टाढा रहेका नागरिक सम्पर्कमा आए २० दिनभित्र विद्युत व्यवस्था गरिदिने बताउनुभयो ।
तामाङ समुदायले सोनाम ल्होसारलाई नयाँ पर्वको रुपमा धुमधामसँग मनाउने चलन रही आएको छ ।
प्रतिक्रिया दिनुहोस्