२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सोलुखुम्बुमा हावाहुरीबाट कार्यालयसहित निजी घरमा क्षति


1.417k
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा बिहीबार आएको हावाहुरीले खुम्बु पासाङल्हामू गाउँपालिका–५ नाम्चेमा क्षति पुर्‍याएको छ ।

तीव्र वेगमा चलेको हावाहुरीले गाउँपालिकास्थित सीमा प्रशासन कार्यालयको टिनको छानोसहित चार घरको सोलार प्यानल उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायबव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

हुरीले नाम्चेका केही स्थानीयबासीको घरको टिनको छानोहरु उडाएको छ । । स्थानियका घरमा रहेका २ दर्जन बढी सोलार प्यानलहरु पनि उडाएको प्रहरीले जनाएको छ ।