८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


विकास निर्माणका काममा ‘ब्रेक-थु’ भएको छ : प्रधानमन्त्री ओली


260
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा ‘ब्रेक-थु’ मात्र नभइ ‘ब्रेक’ लगाएर राखिएका कामलाई अघि बढाएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जसअन्तर्गत काठमाडौं–तराई द्रुत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको बताउनुभयो । त्यस्तै चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार केदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र रहेको भएपनि अहिले द्रुत गतिमा काम अघि बढिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय पहिलो मन्त्रिपरिषद्को बैठकमा गरेअनुसार त्यसका लागि टेण्डर आह्वान भएको र तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको बताउनुभयो ।