२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सत्तामा एउटा र प्रतिपक्षमा हुँदा र्को कुरा गर्ने परिपाटी अन्त्य गरौँ : कृष्णप्रसाद सिटौला


611
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद सिटौलाले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा जाँदा अर्को कुरा गर्ने परिपाटी राम्रो नभएको बताउनुभयो । उहाँले कुर्सीमा रहँदा जनता र देशका लागि कति काम गरेँ भन्नेकुराले नै महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । उहाँले केन्द्रिकृत राज्य सञ्चालनको भावना हटाउनुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा पनि नेपालले नयाँ ढंगले सोच्नुपर्ने बताउनुभयो । जनतामा जाँदा काम गर्ने संकल्प लिएर जानुपर्ने बताउनुभयो ।

संविधानको अधिकार प्रयोग गर्न नपाएको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले गुनासो गरेको बताउनुभयो । उहाँले अहिले पनि नेपालको समग्र मानसिकता संघीयता बमोजिम हुन नसकेको बताउनुभयो । अहिले पनि केन्द्रिकृत शासन प्रणालीको मानसिकता हावी रहेको बताउनुभयो ।