८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अर्थतन्त्र ६ महिना पहिलाको जस्तो भयावह स्थितिमा छैन : प्रधानमन्त्री ओली


338
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र अहिले ६ महिना पहिलाको जस्तो भयावह स्थितिमा नरहेको बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रका परिसूचकहरु राम्रो रहेको बताउनुभयो । नराम्रा परिसूचकहरु पनि अहिले सुधारोन्मुख रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन र माग बढाउन सरकार लागि परेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा नगद प्रवाह गर्न सरकार बन्ने वित्तिकै लामो समयदेखि भुक्तानी नदिने सरकारी रवैयालाई परिर्वतन गरेको बताउनुभयो । निर्माण व्यवसायीको कानूनसम्मत रुपमा सिर्जना भएको तर भुक्तानी नभएको विगत आर्थिक वर्षदेखिको ३० अर्ब रुपैयाँको दायित्व फरफारक गरेको उल्लेख गर्नुभयो । ३५ जिल्लाका १५ लाख भन्दा बढी दुग्ध किसानलाई सरकार बनेको एक सय दिनभित्रै भुक्तानी दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै माग बमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठन गरिएको बताउनुभयो ।