
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पार्टी फुटाउने कुरामा जोड नदिएको बताउनुभएको छ ।
शुक्रबारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस(एमाले सहितको बलियो सरकारको प्राथमिकता पार्टी फुटाउने नरहेको बताउनुभयो । उहाँले सरकार ढल्छ भन्नेकुरा गरेर विपक्षीहरुले आफ्नो समय खेर फालिरहेको भन्दै व्यर्थमा समय खेर नफाल्न आग्रह गर्नुभयो । ‘ढलें-ढलें, ढलें-ढलें म त…’ जस्ता गीत मनोरञ्जन पार्टी/उत्सवहरुमा सुहाए पनि राजनीतिमा नसुहाउने उहाँको टिप्पणी थियो । सरकार बनाउने र हटाउने थलो सदन नै भएकाले दिनरात यस्ता हल्ला गरेर आगामी तीन वर्ष बिताउनु जनताका लागि राम्रो नभएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको म्युजिकल चेयर गेम भन्दा जनताको जीवनका कुराहरुले बढी अर्थ राख्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्