२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सांसद पद निलम्वन गर्ने निर्णयमा पुनरावलोकनको माग गर्दै रास्वपा सभापति लामिछानेले बुझाए सभामुखसमक्ष निवेदन


1.872k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन पुनरावलोकन गर्न माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन बुझाउनुभएको छ ।

शुक्रबारसिंहदरबारस्थित सभामुखको कार्यकक्षमै गएर संसद पद निलम्वनको निर्णय कानूनसम्मत नभएको भन्दै पुनरावलोकन गरी निलम्वन फुकुवा गर्न माग गर्दै निवेदन बुझाएको सांसद सोविता गौतमले जानकारी दिनुभयो । उहाँले फौजदारी कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको अवस्थामा मात्र संसद पद निलम्वित हुने जिकिर गर्नुभयो । उहाँले राज्यले अभियोजन गरेको कुरा जानकारी दिएर संसदले निलम्वन गर्ने प्रक्रिया उचित नहुने उहाँको तर्क छ ।

सभापतिमाथि लागेको आरोपको अदालतले खण्डन गर्ने उल्लेख गर्दै उहाँले आवश्यक परेको खण्डमा संसदमा समेत कुरा उठाउने सांसद गौतमको भनाइ छ ।