२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संविधान संशोधन गर्दा संविधानका आधारभुत विशेषता कमजोर हुनु हुँदैन : देउवा


325
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिता लगायतका संविधानका आधारभुत विशेषता कमजोर हुनु नहुने बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले संविधान प्रारम्भ भएको दश वर्ष भइसकेको र दश वर्षको अवधिमा संविधानको अभ्यासको समीक्षा गर्ने, संविधान कार्यान्वयनमा देखापरेका सबल र दुर्बल पक्षको अध्ययन र पहिचान गर्ने र आवश्यकताअनुसार संविधान संशोधन वा परिमार्जन गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन हुनुपर्ने बताउनुभयो ।

सभापति देउवाले लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिरहेको भएपनि तर आर्थिक अवस्था सुदृढ हुन नसकेको बताउनुभयो । देशको आर्थिक अवस्था उकास्न जरुरी रहेको बताउनुभयो ।

सभापति देउवाले लोकतन्त्रको आधारभुत मान्यता विधिको शासन भएको उल्लेख गर्दै कानून निर्माणको थलो संसद भएको बताउनुभयो ।