१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा


11.544k
Shares

काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी हुन् ।

उनले मानाचामल र अंश हकदाबी नगरी सम्बन्धविच्छेद गरी पाऊँ भनेर मुद्दा दर्ता गराएकी हुन् ।

एलिनाका पति विष्णु बागलुङका हुन उनी अस्ट्रेलियामा बस्दै आएका छन् । एलिना झापाकी हुन ।

एलिना र बागलुङले गत वैशाखमा विवाह गरेका थिए ।