
काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद भगवती न्यौपानेले संसदमा बिजनेसका अभाव नहुने बताउनुभएको छ ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद न्यौपानेले अहिलेको अधिवेशनमा संसदलाई बिजनेसको अभाव नहुने बताउनुभएको हो ।
सांसद न्यौपानेले राष्ट्रिय सभालाई पनि महत्व दिएर सरकारले विधेयकहरु दर्ता गरिरहेको उल्लेख गर्दै यस अधिवेशनमा बिजनेस बिहीन हुनुपर्ने स्थिति नरहेको बताउनुभयो । राष्ट्रिय सभामा रहेका विधेयकहरु कसरी व्यवस्थित, जनता र देशको पक्षमा बनाउने भन्नेमा सोच्न जरुरी रहेको बताउनुभयो ।
सांसद न्यौपानेले संसदको ऐन, कानून बनाउने मात्र नभइ बनेका ऐनहरको मापन र मूल्यांकन गर्नुपर्ने बतउनुभयो ।
प्रतिक्रिया दिनुहोस्