२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्दा अचम्म लागिरहेको छ : योगेश भट्टराई


7.189k
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अध्यादेशबाट जन्मिएका पार्टीहरुले नै अध्यादेशको विरोध गरिरहेको टिप्पणी गर्नुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद भट्टराईले नेकपा (एकीकृत समाजवादी)लक्षित यस्तो टिप्पणी गर्नुभएको हो ।

सांसद भट्टराईले अध्यादेशबाट पार्टी फुटाएर नयाँ पार्टी बनाउनेहरुले अध्यादेशको विरोध गर्नु अचम्म भएको टिप्पणी गर्नुभयो । उहाँले अध्यादेश ल्याउने वर्तमान सरकार मात्र नभई विगतमा समेत ल्याउने चलन रहि आएको बताउनुभयो । संसद नचलेको समयमा अध्यादेश जारी गर्नु नियमित प्रक्रिया भएकाले यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको समेत बताउनुभयो ।

सांसद भट्टराईले अध्यादेशमा भएका कमजोरिहरुलाई सुधार गर्नुपर्ने भए आवश्यक छलफल गर्न सकिने तर अधयादेश जारी भएकै विषयमा विमति जनाउनुपर्ने कारण नरहेको बताउनुभयो ।