
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको निलम्वन तत्कल फुकुवा नगरे कानूनी उपचार खोज्ने चेतावनी दिएको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन पार्टी उपसभापति डा. स्वर्णिम वागलेले सभापति लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लागाउनुभयो । उहाँले संवैधानिक व्यवस्थाकको बेवास्ता गर्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गर्दै उहाँले रास्वपाले यसको कानूनी निदान खोज्ने बताउनुभयो ।
उपसभापति वागलेले विश्व राजनीतिमा नयाँ शक्तिलाई नस्वीकार्ने, खिसिट्युरी गर्ने र आक्रमण गर्ने चलन नै रहेको उल्लेख गर्नुभयो । उहाँले आफूहरुले सभामुखको ध्यानाकर्षण गराएको उल्लेख गर्दै तत्कालै निलम्वन फुकुवा नगरे सदन चल्न नदिने संकेत गर्नुभयो ।
उपसभापति वागलेले वर्तमान सरकारले अध्यादेशबाट कानून ल्याउने, संवैधानिक परिषद्लाई खल्बल्याउने काम गरिरहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल सञ्चालन तथा नियमनसम्बन्धी विधेयक फिर्ता लिएर पुनः पेस गर्न आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्