१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुलुकमा आशा र विश्वास जगाउन आवश्यक : अध्यक्ष राई


26
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकमा आशा र विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राईले जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले यसमा प्रतिपक्ष र पक्ष नभनि जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले यसमा सांसद र राजनीतिक दलहरुले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

अध्यक्ष राईले जनताको विश्वास आर्जन गर्नेकुरामा सत्ता पक्ष र प्रतिपक्ष भन्न नहुने बताउनुभयो ।