
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारले निरङ्कुश शासनको झल्को दिएको टिप्पणी गर्नुभएको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले सरकारले वितेको ६ महिनामा केही गर्न नसकेको कारण विकासको ढोका खोल्यौं भन्नको लागि अध्यादेश ल्याइएको बताउनुभयो । उहाँले दुई तिहाईको घमण्ड नगर्न सत्तारुढ दलका नेताहरुलाई आग्रह गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष पाण्डेले दुई तिहाईको सरकार छ भन्दैमा सरकारले मनलाग्दी गर्न नपाउने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले वितेका ६ महिनामा आर्थिक सुधार भएको दाबी गरेपनि सूचकहरुले सकारात्मक नरहेको बताउनुभयो । उहाँले सरकारले अहिलेसम्म बे्रक थ्रु बाहेक केही गर्न नसकेको आरोप लगाउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पाण्डेले मिटरब्याज पीडित समस्याहरु अहिलेसम्म समाधान नभएको बताउनुभयो । संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने ऐनहरु नल्याइएको र संसदबाट पास भएका ऐनहरु समेत कार्यान्वयन नभएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्