१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सामाजिक सञ्जालसम्बन्धी विधेयक प्रभावकारी नियमनका लागि हो : महेश बर्तौला


403
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक वाक स्वतन्त्रतामाथि नियन्त्रण गर्न नभइ प्रभावकारी नियमनका लागि भएको बताउनुभएको छ ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले सञ्चारमाध्यमहरुले वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न कानून ल्याउँदैछ भनेर बहस र प्रचार गरेको कुरा नमिलेको बताउनुभयो. । उहाँले सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी नभइ नियमन गर्न र अनुशासनको दायरामा राख्न विधेयक ल्याएको बताउनुभयो । प्रभावकारी नियमनका लागि कानूनी प्रवन्धहरु जरुरी रहेकाले विधेयक ल्याइएको बताउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले विधेयकबारे हरेक सांसदले संशोधनमार्फत सुझाव दिनसक्ने बताउनुभयो ।