१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर


0
Shares

काठमाडौं । समाजप्रतिको उत्तरदायित्व वहन गर्ने उद्देश्यसहित काठमाडौंको नयाँ बानेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा बिहान ९ बजेबाट निःशुल्क स्वास्थ्य शिविर शुरु भएको हो ।

वरिष्ठ अर्थोपेडिक शल्य चिकित्सक एवं नेपाल अर्थोपेडिक्स अस्पताल जोरपाटीका निर्देशक डा. कैलाशकुमार भण्डारीको अगुवाईमा शिविर सञ्चालन गरिएको हो ।

शिविर सञ्चालनसम्बन्धी जानकारी दिँदै निर्देशक डा. भण्डारीले फ्रण्टलाइन अस्पतालको आयोजनामा शिविर सञ्चालन गरेको यसको उद्देश्य आर्थिक अवस्था कमजोर भएकाहरुको निःशुल्क स्वास्थ्योपचार गर्नु रहेको बताउनुभयो । उहाँले समाज र राष्ट्रपति संस्था र व्यक्तिले गर्नुपर्ने दायित्व निभाउने उद्देश्यअनुरुप शिविर सञ्चालन गरेको बताउनुभयो ।

उहाँले निःशुल्क स्वास्थ्यशिविरसँग रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको जानकारी दिनुभयो ।