
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्नसके बेरोजगारी घटाउन सकिने बताउनुभएको छ ।
शनिबार बागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले अहिले बाध्यतावह विदेशिनुपरेको यथार्थलाई हटानउ स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । उहाँले अध्यादेशमार्फत परिवर्तन भएका कानूनहरुको सही कार्यान्वयन जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष ढकालले नेपालकै पुँजी परिचालन गरेर ठूलो आयोजना सम्पन्न गर्नसकिन्छ भन्ने उद्देश्यकासाथ आफूहरु अघि बढेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्