
काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशलाई सुनौलो र समृद्ध बनाउने काम पूर्वसुरक्षाकर्मीहरुले गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा पूर्व सुरक्षकर्मी परिषद् नेपालको चौथो वार्षिक साधारण सभामा बोल्दै सर्वेन्द्र खनालले देशलाई समृद्ध र सुनौलो नबनाएसम्म पूर्वसुरक्षाकर्मीहरुलाई चैन नहुने बताउनुभयो । उहाँले समृद्ध देश नबनाएसम्म आफूहरु शान्त भएर बस्न नसक्ने बताउनुभयो । उहाँले देशको समृद्धि र नागरिकको मुहारमा खुशी दिलाउन हरेकले आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताउनुभयो । राजनीतिक शुद्धता नभइकन देशले काँचुली नफेर्ने उहाँको बुझाइ छ ।
पूर्वप्रहरी महानिरीक्षक खनालले देशलाई केन्द्रमा राखेर काम गर्ने व्यक्तिले मात्रै देशलाई समृद्ध बनाउनसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्