
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले कोशी प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना रहेको छ भने अन्य प्रदेशको मौसम मुख्यतया सामान्य रहने महाशाखाले जनाएको छ ।
यस्तै आज राति कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सामान्य रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्