१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै


104
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्ने भएको छ ।
बैठक शनिबारदेखि ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा शुरु भएको हो । समितिको दोस्रो दिनको बैठकमा आज अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत भएको एजेण्डामाथि छलफल हुनेछ ।

बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना, समसामयिक राजनीतिलगायतका एजेण्डामा छलफल भइरहेको जनाइएको छ ।

जसपाले आज बैठक समापन गर्ने तयारी गरेको छ ।