२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आजको मौसम


494
Shares

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशका पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । यस्तै आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानहरूमा लाग्ने हुस्सु÷कुहिरो मध्याह्न पछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही स्थानहरूमा लाग्ने हुस्सु÷कुहिरो मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेको छ ।

त्यसका प्रभावले मध्यान्नसम्मको समयमा तराई भू–भागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।