२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओलीको सन्देश


377
Shares

काठमाडौं । वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभकामना व्यक्त गर्नुहुँदै अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गर्नुभएको हो ।

“आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ । श्रीपञ्चमी, सरस्वती पूजा–बालबालिकाको अक्षरारम्भ गर्ने दिन । बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू वसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ ।” शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिने गरेको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको बताउनुभएको छ ।