६ चैत्र २०८१, बुधबार | Thu Mar 20 2025


काठमाडौंलाई छिटै प्लाष्टिकमुक्त बनाइनेछ : वनमन्त्री ठकुरी


351
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले निकट भविष्यमा नै मन्त्रालयभित्र युवामैत्री कक्षको व्यवस्था गरिने आश्वासन दिनुभएको छ ।

न्युज एजेन्सी नेपालले गरेको ‘मन्त्रीसँग युवा’ कार्यक्रममा सहभागी अधिकांश युवाहरुले मन्त्रालयभित्र युवा जलवायु अभियन्ताहरुका सुझाव, गुनासो तथा नविनतम आविष्कारलाई सम्बोधन गर्नेगरी छुट्टै संयन्त्र राख्न अनुरोध गरेपछि मन्त्री शाहीले छिट्टै त्यस किसिमको व्यवस्था मिलाइने बताउनुभएको हो ।

वनमन्त्री ठकुरीले यथार्थमा हरित शहर बनाउने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालय त्यसको गृहकार्यमा जुट्ने बताउनुभयो । उहाँले ४० माइक्रोन भन्दा कमको प्लाष्टिकलाई प्रतिवन्ध लगाइएकाले अहिले सिंहदरबार प्लाष्टिक मुक्त बनेको बताउनुभयो ।

वनमन्त्री ठकुरीले विस्तारै काठमाडौंलाई नै प्लाष्टिकमुक्त राखिने बताउनुभयो । उहाँले वन डढेलो नियन्त्रण, खडेरीमा सिंचाईको वैकल्पिक व्यवस्था लगायत युवाहरुले उठाएका सवालहरुमा मन्त्रालयको ध्यान आकर्षित भएको उल्लेख गर्दे आवश्यकताअनुसार सम्बन्धित निकायसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

मन्त्रीसँग युवा कार्यक्रममा झन्डै २० जना युवा जलवायु अभियन्ताले प्रश्न गरेका थिए ।