२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


धरानमा फागुन ३ गतेबाट महिला फुटसल प्रतियोगिता हुने


0
Shares

काठमाडौं । आगामी फागुन ३ गतेबाट धरानमा वडा स्तरिय महिला फुटसल प्रतियोगिता हुने भएको छ ।

महिला खेलाडीलाई फुटसलमा आकर्षीत गर्ने उद्देश्य सहित धरानको योङ युथ क्लबले प्रतियोगिता आयोजना गर्न लागेकोे आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागि हुने वडाहरुले यही ३० माघ सम्ममा टिम दर्ता गरिसक्नु पर्ने र टिमदर्ता शुल्क ४ हजार तोकिएको पनि आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका विजेताले ट्रफी सहित नगद ४० हजार पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा विधागततर्फ पनि पुरस्कार राखिएको आयोजकले योङ युथ क्लबले जनाएको छ ।