
काठमाडौं । आइतबार उच्च अंकले बढेको शेयर बजार सोमबार भने झिनो अंकले सकारात्मक बनेको छ ।
दिनभरको उतार चढावकाबीच बजार परिसूचक नेप्से २ दशमलव ४१ प्रतिशतले बढेको हो ।
नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज ७ वटा उपसमूह बढेका छन् भने ६ वटा उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन् । वित्त उपसमूह सर्वाधिक १ दशमलव ०७ प्रतिशतले घटेको छ ।
सोमबार ३१९ वटा स्टकको २ करोड ३७ लाख ७० हजार कित्ता शेयर ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । कारोबार रकम भने हिजोको तुलनामा घटेको हो । उपकार लघुवित्त र भुगोल इजर्नीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ३५ करोड ३० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्