
काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी श्रृंखलाको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह सवा १२ बजे शुरु हुनेछ ।
यसअघि नेपालले नेदरल्याण्ड्ससँग २० र १५ रन तथा थाइल्याण्डसँग चार विकेटको हार व्यहोरेको थियो । आज जित्नैपर्ने दबाबसहित मैदान उत्रिनेछ ।
प्रतिक्रिया दिनुहोस्