२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँः उपसभामुख राना


273
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उपसभामुख रानाले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताउनुभयो । उहाँले क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने बताउनुभयो । उहाँले समाजको काम गर्न कुनै ठूलो फण्ड आवश्यक पर्ने भन्दै सँगै मिलेर कामहरु गर्न जरुरी रहेको बताउनुभयो ।

उपसभामुख रानाले भन्नुभयो, ‘क्यान्सर लाग्नबाट जोगिन हामीले सावधानी अपनाउनुपर्छ । लाग्यो भनेपनि कसरी बच्न सकिन्छ भनेर हेर्नुपर्छ । परिवारको माया प्रेम चाहिन्छ । समाजको काम गर्न हामीलाई कुनै ठूलो फण्ड चाहिँदैन । सँगै मिलेर अलिअलि पैसा उठाएर हामी धेरै कामहरु गर्नसक्छौँ ।’

उपसभामुख रानाले क्यान्सरपीडितलाई माया गर्नुपर्ने बताउनुभयो ।