
काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ ।
मंगलबार अपरान्ह राष्ट्रपति भवन शितल निवास पुगेर राजकुमार एडवार्ड तथा उहाँकी पत्नी सोफियाले भेटवार्ता गर्नुभएको हो ।
भेटका क्रममा दुई देशबिच रहि आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।
प्रतिक्रिया दिनुहोस्