
काठमाडौं । झापामा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । झापाको कनकाई नगरपालिका– ४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।
मंगलबार राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।
वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा उनीहरुले लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले रोकेर जाँच गर्ने क्रममा भाग्न खोज्दा उनीहरूमाथि गोली चलाउनु प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ६३ मिलिग्राम फेला परेको बताइएको छ ।
भाग्ने क्रममा घुडाँमुनी गोली लागेर घाइते भएका मोटरसाइकल चालक अन्जार आलमको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्