१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्वीडेनको एक विद्यालयमा गोली प्रहार हुँदा १० जनाको मृत्यु


0
Shares

एजेन्सी । स्वीडेनको एक विद्यालय परिसरमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ ।

राजधानी स्टकहोमबाट २ सय किलोमिटर पश्चिममा रहेको ओरेब्रोको रिसबर्गस्का विद्यालय परिसरमा प्रवेश गरेका बन्धुकधारीले जथाभावी गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो ।

गोली प्रहार गर्ने व्यक्ति प्रहरीको कारवाहीमा मारिएका छन् । घटनामा गोली लागेका पाँचजनाको भने उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको बुझिएको छ ।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले यो घटनालाई स्वीडेनको इतिहासमै सबैभन्दा खराब सामूहिक गोलाबारीको संज्ञा दिदै घटनाप्रति दुख व्यक्त गर्नुभएको छ । उक्त विद्यालयमा प्राथमिक र माध्यमिक तहको पढाइ हुने गरेको बुझिएको छ ।