२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


सुनको मूल्य तोलामा २२ सय रुपैयाँ बढ्यो


2.054k
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोलामा २२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बुधबार सुन एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोलामा ४५ रुपैयाँ बढेको छ । आज चाँदी एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।