
काठमाडौं । राणाकालमा जिवित देवी कुमारी रहेकी नानी शोभा शाक्यको ९० वर्षको उमेरमा निधन भएको छ ।
डल्लुस्थित आफ्नै निवासमा मंगलबार दिवंगत हुनुभएकी शाक्यको बुधबार विजेश्वरी स्थित कर्ण दिपमा अन्त्यष्टी गरिएको छ ।
उहाँलाई कान्छा छोरा विजयराज शाक्यले दागवति दिएर अन्तिम संस्कार गरिएको थियो ।
नानीशोभा शाक्य वि.सं १९९९ साल देखि २००६ सालसम्म राजकिय कुमारीको रुपमा रहनु भएको थियो । उहाँका दुई छोरा र दुई छोरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्