२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


शेयर बजारमा झिनो अंकको गिरावट


169
Shares

काठमाडौं । शेयर बजार बुधबार पनि सामान्य अंकले घटेर बन्द भएको छ ।

दिनभरको उतार चढावकाबीच बजार परिसूचक नेप्से ४ दशमलव ४५ अंक घटेर २७११ दशमलव ४५ विन्दुमा झरेको हो ।

बजार घटे पनि बुधबार कारोबार रकम भने बढेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये पाँच वटा उपसमूहको परिसूचक बढेको छ भने ८ वटा उपसमूहको परिसूचक घटेको छ ।

वित्त उपसमूहको परिसूचक भने सर्वाधिक ५ दशमलव ६७ प्रतिशतले बढेको छ भने हाइड्रोपावर, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेका छन् । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ४२ प्रतिशतले घटेको छ ।

घटेको बजारमा पनि उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

बुधबार ३०९ वटा स्टकको एक करोड ९१ लाख ८१ हजार कित्ता शेयर ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । कारोबार रकमका आधारमा बुधबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३३ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।