
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलले आगामी संसद बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिनुभयो । उहाँले दलको बैठकमा तीन वटा एजेण्डाहरु रहेको र जसमा संसदमा दर्ता भएका विषय, अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शुन्य समयमा उठाउनुपर्ने विषयमा छलफल गरेको बताउनुभयो । उहाँले पार्टी सभापति रवि लामाछिनेका विषयमा संसदमा निरन्तर कुरा उठाउने दलले निर्णय गरेको पनि बताउनुभयो ।
सचेतक निशा डाँगीले संसदमा दर्ता भएको अध्यादेशबारे बोल्ने सांसदहरुको नाम समेत टुङ्गो लगाएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्