
दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा चल्ने सवारी साधनको प्रदूषण जाँचलाई तीब्र बनाएको छ । महानगरपलिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र नगर प्रहरी बलसँगको सहकार्यमा प्रदूषण जाँचको काम धमाधम गरिरहेको हो । तर राजधानीका सडकमा चल्ने अधिकांश सवारी साधन वातावरणीय परीक्षणमा असफल भएका छन् ।
राजधानी काठमाडौंमा चल्ने सवारी साधानहरुले फाल्ने धुवाँ मापदण्ड बाहिर हुँदा त्यसले आम मानिसको स्वास्थ्यमा पार्ने असरको कुनै लेखाजोखा छैन । उपत्यकामा चल्ने सवारी साधानको प्रदुषण चेक जाँचका क्रममा ५८ प्रतिशत मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ । सवारी साधनले फालेको धुँवाका कारण शहरभरी प्रदूषण फैलिएपछि काठमाडौं महानगरपालिकाले सवारी साधनको चेकजाँच अभियानलाई तीब्र बनाएको हो ।
सोही क्रममा ५ सय ९९ सवारी साधन परीक्षण गरिएकामा तीन सय ४५ वटा धुँवा उत्सर्जन मापदण्ड विपरित रहेको पाइयो । जुन ५८ प्रतिशत हो । कामपाले निकायगत समन्वयमा गरेको प्रदूषण जाँच गरिएका सवारी साधन मध्ये पेट्रोलबाट सञ्चालित २३ र डिजेलबाट सञ्चालित ३२२ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत भेटिएका कामपा वातावरण विभागले जनाएको छ । पेट्रोलभन्दा डिजेलबाट सञ्चालित सवारी साधन बढी मापदण्ड विपरित रहेको वातावरण विभाग प्रमुख सरिता राई बताउनुहुन्छ ।
चेकजाँचका क्रममा प्रदुषणयुक्त सवारी साधनको हकमा सुधारको मौका दिइने मापदण्ड पूरा नभएका सवारी साधनलाई क्रमशः कारवाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउने विभागको लक्ष्य सहित यो अभियानर्ला निरन्तरता दिने विभागको दाबी छ ।
नगरपालिकाले हालसम्म काठमाडौंका विभिन्न स्थानमा गरेको परीक्षणका क्रममा सार्वजनिक यातायात सेवाका लागि सञ्चालित तथा स्कूल बस, सरकारी कार्यालयद्वारा सञ्चालित, सामान ढुवानी गर्ने सवारीसाधन मापदण्डा विपरित पाईएको हो । आम मानिसको जीवनसँग सम्बन्धित यस्ता लापरवाहीले पार्ने असरलाई न्युनिकरणका लागि चालिएको कदम स्रहानिय छ । यद्दपी यसलाई निरन्तरा नदिने हो भने यस्ता अभियान बेमौसमी बाजा सावित हुनेमा दुईमत छैन ।
प्रतिक्रिया दिनुहोस्