
काठमाडौं । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिसभा)को बैठक आज बस्दै छ ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिसभाको बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा बैठकबाट अध्यादेश पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ । यसका साथै अध्यादेशलाई अस्वीकार गर्न पेस भएका प्रस्तावहरुलाई पनि प्रस्तुन गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभामा सत्तापक्षको बहुमत भएकाले त्यहाँबाट अध्यादेश सजिलै पास हुनेछ । राष्ट्रिय सभामा भने सत्तारूढ दलहरूले मात्रै बहुमत नपुग्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवको साथ खोजेका छन् । यसबारेमा भने यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आज निर्णय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्