
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरको संसद भवनको ल्होत्से हलमा बिहीबार बिहान साढे ८ बजेका लागि बैठक डाकिएको हो ।
बैठकमा मन्त्रीहरुले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुनेछ ।
यसैगरि आजको प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएका अध्यादेशहरुलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्