१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कमलपोखरीको सानदार मःम पसलमा आगलागी


3.77k
Shares

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आज बिहान आगलागी भएको छ । बिहीबार बिहान करिब ८.५० बजे ग्यास सिलिन्डर विष्फोट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगलागीमा परेर ११ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

घाइते भएका सबै उक्त मःम पसलका कामदार हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आगलागी नियन्त्रण गर्न सुरक्षाकर्मीको टोली पुगेको थियो ।