२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अध्यादेशबारे निर्णय गर्न बसेको जसपाको बैठक निस्कर्षविहीन


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बिना निस्कर्ष सकिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेशको समर्थन वा बिरोध गर्ने भन्ने कुनै निर्णय लिन नसकेको हो ।

सरकारले ल्याएको अध्यादेश प्रतिनिधि सभाको बैठकबाट सहजै पारित हुने भएपनि राष्ट्रिय सभाबाट पारित हुने स्थिति नरहेपछि जसपा, नेपालसँग सरकारले समर्थनको लागि आग्रह गरिरहेको छ ।

सोही विषयमा निर्णय गर्न संसदीय दलकोबैठक बसेको भएपनि संसदको आजको कार्यसूचिबाट अध्यादेशसम्बन्धी विषय हटेपछि कुनै निर्णय नगरेको पार्टीकी प्रमुख सचेतक रेखा यादवले बताउनुभयो । उहाँकाअनुसार बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेशबाट अध्ययन गर्न पार्टीको तर्फबाट बनाइएको कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ ।

उहाँले २६ गते पुनः बैठक बसेर अध्यादेशको समर्थन वा बिरोध गर्ने भन्नेबारेमा निर्णय लिइने बताउनुभयो ।