
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जाजरकोट भूकम्पको पुनःनिर्माण र गत असोजमा आएको बाढीबाट भएको क्षतिको पुनःनिर्माणको लागि श्रोत सुनिश्चितताबारे सरकारसँग जवाफ माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद थापाले सरकारसँग विपद्जन्य घटनाहरुबाट भएको भौतिक संरचनाहरको क्षतिको पुनःनिर्माणका लागि श्रोत सुनिश्चितताबारे जवाफ माग गर्नुभएको हो ।
सांसद थापाले यसबारेमा सरकारले सोचेको छ की छैन भन्दै प्रश्न गर्नुभयो । उहाँले जाजरकोटको भूकम्पबाट करिव ९२ हजार भन्दा बढी घरहरुको पुनःनिर्माण गर्नुपर्ने आँकलन गरिएको तर कतिपय नागरिकले दोस्रो किस्ता समेत नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मंसिर अन्तिमसम्म असोजको बाढीमा भत्किएका घरहरुको अस्थायी आवसको निम्ति अनुदान दिने भनिएपनि अभैm कतिपयले पहिलो किस्ता समेत नपाएको गुनासो गर्नुभयो ।
सांसद थापाले जाजकरोट भूकम्प, असोजको बाढीका बारेमा गरिएका कामहरुको श्रोत कसरी जुटाउने रु भन्दै सरकारलाई प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्