८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्यायो : अध्यक्ष दाहाल


325
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्याएको आरोप लगाउनुभएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले सरकार अधिवेशनबाट भागेको आरोप लगाउनुभयो । उहाँले पछिल्ला पैंतीस वर्षमा नेपाली काँग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक प्रधानमन्त्री बनेर देशको नेतृत्व गरेको उल्लेख गर्दै ३५ वर्षपछि अहिले देशको विकास ६ दिन ढिलो हुन्छ भनेर अध्यादेश ल्याएको हो रु भन्दै प्रश्न गर्नुभयो । उहाँले रातारात अध्यादेश ल्याउने कुराले पनि सरकारको नियत सही नरहेको पुष्टि गर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले स्वार्थ समूह पोस्नकै लागि सरकारले अध्यादेश ल्याएको आरोप लगाउनुभयो ।