२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विकासलाई राजनीति र धर्म भन्दामाथि राखेर हेर्न आवश्यक : अध्यक्ष ढकाल


1.105k
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा सुरु भएको सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले विकासलाई राजनीति र धर्म भन्दा माथी राखेर हेर्न नेपालका सम्पूर्ण राजनीति दल तथा सर्वसाधारणमा आग्रह गर्नुभयो । उहाँले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद् भएको बताउनुभयो ।

अध्यक्ष ढकालले पाथीभरा केबलकार प्रकरणमा भइरहेका विरोधहरु विकासका लागि भन्दा पनि पपुलिजमको लागि गर्न खोजिएको बताउनुभयो । उहाँले अहिले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आम नागरिकलाई मेनुपुलेट गरेर सूचना फैलाउने काम भएको बताउनुभयो ।

अध्यक्ष ढकालले बेरोजगार भएर वैदेशिक रोजगारबाट नेपालमा नै अवसर खोजेर काम गर्ने र लाखौं नेपालीहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई कम गर्ने हिसावले नेपालमा ३५ वर्षदेखि सक्रिय भएर काम गरिरहेको बताउनुभयो ।

पछिल्लो समय पाथीभरा केवलकारको विषयलाई लिएर सामाजिक सञ्जालमा चन्द्रप्रसाद ढकाल नेपालको दलाल वा नेपालमा राख्न नहुने मान्छेको रुपमा प्रचार गरिनु खेदजनक रहेको बताउनुभयो । उहाँले नेपाल रोजगारी दिने,अवसर खोज्ने,वैदेशिक रोजगारीमा जान रोक्ने विषयलाई प्राथमिकता दिन नसके भविष्यमा पछुताउनु पर्ने अवस्था आउने उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।

आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैया बराबरको सेवा निर्यात गर्नसक्ने र लाखौं मानिसलाई रोजगारी दिनसक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसंग आग्रह गर्नुभयो ।

नेपाल सरकारले नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि पछिल्ला कानूनहरुमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने बताउनुभयो ।