१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


शेरा दरबार प्रकरणको अनुसन्धान म बाटै सुरु गरौं : अध्यक्ष दाहाल


1.521k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शेरा दरबार प्रकरणमा आफैँबाट अनुसन्धान सुरु गर्न आग्रह गर्नुभएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले नुवाकोटाको शेरा दरबारलाई अहिले चर्चामा ल्याइएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको आफूले बुझेको पनि बताउनुभयो । उहाँले कतै न कतै प्रचण्डलाई जोड्न सकिन्छ की भनेर सरकार लागेको आरोप लगाउनुभयो ।

दुई प्रतिष्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर संविधान संशोधनको सैद्धान्तिक जामा लगाएको आरोप लगाउनुभयो ।