२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


सत्येन्द्र र नेहाको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप गरिएको छैन : गृहमन्त्री


1.495k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्रकुमार राम (चमार)नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप नभएको स्पष्ट पार्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले राखेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले अन्तरजातीय विवाहको सम्बन्धमा गृह मन्त्रालय गम्भिर रहेको बताउनुभयो । उहाँले संविधानले प्रत्याभुत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माणमा सरकार क्रियाशील रहेको समेत दाबी गर्नुभयो ।

अन्तरजातीय प्रेमविवाह गरेकै कारण राज्यबाटै चरम अत्याचार भोगिरहेको भन्दै सत्येन्द्रकुमार र नेहा शान्तिपूर्वक बाँच्ने वातावरण मिलाइदिन याचना गरेको भन्दै समाचार सार्वजनिक गरिएका थिए ।