
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले अध्यादेशको विषयवस्तु गलत छैन भने अध्यादेश ल्यायो भनेर विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद महतले प्रतिपक्ष दलले अध्यादेश किन ल्यायो भनेर प्रश्न गर्नु स्वभाविक भएपनि कन्टेनमा कुनै नराम्रो कुरा नभएपछि विरोधको अर्थ नहुने बताउनुभयो । उहाँले विपक्षी दलहरुले यसकारण यो अध्यादेश त्रुटीपूर्ण छ भनेर भन्न नसकेको बताउनुभयो । उहाँले सरकारको नेतृत्वले विशेष दुरुपयोग गर्ने लक्ष्यका साथ अध्यादेश ल्याएको भए दोष देखाइदिन आग्रह गर्नुभयो ।
सांसद महतले अध्यादेश ल्याएकै कारण विरोध गर्ने र फेल गराउनुपर्छ भन्ने मान्यता उपयुक्त नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्