
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले सरकार नयाँ स्टक एक्चेञ्जको पुनःसंरचना गर्न छाडेर नयाँ स्कट एक्सचेञ्जको लाइसेन्स दिने होडबाजीमा लागेको बताउनुभयो । उहाँले नयाँ स्टक एक्चेञ्जको लाइसेन्स निजी क्षेत्रलाई दिने भए कमिसनबाट नभई खुला प्रतिष्पर्धा दिन आग्रह गनुभयो ।
पूर्वअर्थमन्त्री पुनले नयाँ स्कट एक्सचेन्जको लाइसेन्समा पनि स्वार्थ समूह हाबी देखिएको उल्लेख गर्नुभयो । उहाँले खुला प्रतिष्पर्धाका आधारमा नभए प्रमुख प्रतिपक्ष दलले सरकारलाई खबरदारी गर्ने बताउनुभयो ।
पूर्वअर्थमन्त्री पुनले सरकारले समयमा विकास निर्माणको लागि ठेक्का समेत लगाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले बजेटमा व्यवस्था विकास निर्माणका आयोजनाहरु तत्काल ठेक्का लगाएर शुरुवात गर्न सरकारसँग माग गर्नुभयो । उहाँले आफू अर्थमन्त्री हुँदा हरेक सांसदहरुको क्षेत्रमा एउटा आयोजनामा राखिएको तर वर्तमान सरकारले खुद्रे आयोजनाको नाम दिएर कार्यान्वयनमा बेवास्था गरेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्