
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारका काम कारबाहीले निरंकुशताको गन्ध सुरु भएको देखिएको बताउनुभएको छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले अहिले दुई दलीय तानाशाही सुरु हुने प्रपञ्च देखिएको बताउनुभयो । उहाँले संसद अधिवेशनको तिथिमिति लगभग तोक्ने टुंगो भइसकेपछि अध्यादेशको बाढी लागेको बताउनुभयो । उहाँले अध्यादेश ल्याउने ट्रेण्ड सरकारको दुई तिहाईको दम्भ भएको बताउनुभयो ।
सांसद पाण्डेले सत्ता पक्ष र दुई तिहाईको दम्भ विभिन्न घटनाक्रममा देखिन थालेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्