
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का उपाध्यक्ष राजकिशोर यादवले अध्यादेशको विषयमा संसदको अर्को बैठकमा निर्णयार्थ प्रस्तुत हुने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष यादवले अध्यादेशसम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदनको गहिरो ढंगले पार्टीले अध्ययन गरिरहेको बताउनुभएको हो ।
उपाध्यक्ष यादवले अध्यादेशबारे आज नै निष्कर्षमा पुग्ने भनेर पार्टीको बैठक बसेको भएपनि सभाको कार्यसूचीबाट अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको कारण निष्कर्षमा पुग्न नसेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अध्यादेशका सन्दर्भमा सरकारलाई सहयोग गर्न आग्रह गरेको समेत उल्लेख गर्नुभयो ।
उपाध्यक्ष यादवले सभापति देउवाले सहयोग गर्न अनुरोध गरेको भएपनि आफूहरुले कार्यदलको सुझावको आधारमा निर्णय लिने बताएको समेत जानकारी दिनुभयो ।
सरकारले ल्याएका अध्यादेशको सम्बन्धमा अध्ययन गरि प्रतिवेदन बुझाउन जसपा नेपाललले कार्यदल गठन गरेको थियो । जसपाले अध्यादेशको कन्टेन्टको आधारमा समर्थन वा विरोध गर्ने बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्