
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाउनु भएको छ ।
आइसीसीले अमेरिका र इजरायललाई निशाना बनाउने गैरकानूनी र आधारहीन कार्यहरू गरेको आरोप लगाउँदै ट्रम्पले बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको हो ।
ट्रम्पको आदेश अनुसार अब अमेरिकी नागरिक वा सहयोगीहरूमाथि अनुसन्धान गर्ने आईसीसीका अभियोजनकर्ता र तिनीहरूका परिवारका सदस्यहरु आर्थिक र भिसा प्रतिबन्धमा पर्नेछन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिकाको भ्रमणमा रहेको बेला ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको हो ।
नेदरल्याण्ड्सको द हेगमा रहेको अन्तराष्ट्रिय अदालतको अमेरिका सदस्य होइन । ह्वाइट हाउसले आईसीसीलाई इरान र इजरायल विरोधी समूहहरूलाई बेवास्ता गरेको तथा इजरायलको आत्मरक्षाको अधिकारमा बाधा पु¥याएको आरोप लगाएको छ । तत्कालिन युगोस्लाभियाको विघटन र रुवान्डा नरसंहारको परिप्रेक्ष्यमा सन् २००२ मा अन्तराष्ट्रिय फैजदारी अदालत स्थापना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्